२९ माघ, चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवेदनशिलतालाई मनन गर्दै समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभएको छ । नारायणी टुडे मासिकको २०औँ वार्षिकोत्सव समारोहमा सम्पादकीय पत्रिका एवं सञ्चार माध्यमको हक भएको बताउँदै उहाँले भन्नुभयो, “उसले आफ्नो दृष्टिकोण सम्पादकीयमा राख्ने हो । न्यूज त जस्ताको तस्तै दिनु प¥यो नि ।” बोल्दै नबोलेका कुरालाई समाचार सम्प्रेषण गर्ने गरेको भन्दै उहाँले थप्नुभयो, “पाठक, दर्शक र स्रोता बढाउन भन्दै बोल्दै नबोलेको कुरा लेख्न पाइन्छ रु”
“कतिपय संवेदनशील विषय जति खण्डन गरे पनि क्षतिपूर्ति हुँदैन”, उहाँले भन्नुभयो, “यस्ता विषयमा नेपाल पत्रकार महासङ्घ र पत्रकारसँग सम्बन्धित सङ्घसंस्थाले ध्यान दिनुपर्छ ।” फरक प्रसङ्गमा उहाँले आफू संवैधानिक परिषद्को बैठकमा गएर निर्णय गर्ने प्रक्रियाप्रति गरिएको टिप्पणीको खण्डन गर्नुभयो ।
उहाँले भन्नुभयो, “अध्यादेश कानून सरह हो । राष्ट्रियसभाको अध्यक्षले कानून मान्दैन अनि संविधान मान्दिन भनेर हिँड्न मिल्दैन ।” अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री जो भए पनि संवैधानिक परिषद्को बैठकमा आफू सहभागी हुने बताउनुभयो । नयाँ प्रधानमन्त्रीले ल्याउने विधेयक राष्ट्रियसभामा थन्क्याएर राख्ने काम र संवैधानिक परिषद् बहिस्कार गर्ने काम आँफूबाट हुन नसक्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य विजय सुवेदी, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण गिरी, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता राम न्यौपाने, नारायण आचार्य, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलगायतले पत्रिकाको थप सफलताको कामना व्यक्त गर्नुभयो ।
सो अवसरमा नारायणी टुडेमा कार्यरत पत्रकार रमिल पन्त पौडेललाई रु एक लाख एक हजार नगदसहित सम्मान गरिएको थियो । नेपालमा खाने परिकार तासको जन्मदाता भन्दै भेटघाट रेष्टुरेन्ट नारायणगढका सञ्चालक गोविन्द तिवारी र काया ब्यूटी शैलुन एकेडेमीका सञ्चालक सीतादेवी सापकोटालाई सम्मान गरिएको थियो । पत्रिकाका प्रकाशक एवं सम्पादक वीरेन्द्रमणि पौडेलले गत वर्षमा विदेशी भूमिमा वार्षिकोत्सब मनाएको भए पनि यस वर्ष कोरोनाका कारण यही वार्षिकोत्सव मनाएको बताउनुभयो । नारायणी टुडे मासिक विगत २० वर्षदेखि निरन्तर रुपमा प्रकाशित हुँदै आएको छ ।












