Ad #144479

२९ माघ, बुटवल । फागुन १ गते नेकपाको ओली समुहले बुटवलमा शक्ति प्रदर्शन गर्ने भएको छ । बुटवल–७ को सिद्धेश्वर माविको मैदानमा हुने उक्त आमसभामा २ लाख जनता उतार्ने ओली समुहको दावी छ ।

प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलका अनुसार सभामा रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एकलाख गरी २ लाख जनता जुटाउने तयारी गरिएको छ ।

बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सभामा पूर्व जनमुक्ति सेनाको पनि सहभागिता रहने बताए । प्रधानमन्त्रीलाई दलले नियन्त्रण गर्न खोज्दा प्रतिनिधि सभा विघटन भएको पोखरेलले जिकिर गरे ।

संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको बारेमा जनतालाई जानकारी दिन सभाको आयोजना गरिएको मुख्यमन्त्री पोखरेलको भनाइ छ । बुटवलको सिद्धेश्वर माविको प्राङ्गणमा सभा हुने छ ।

आफूहरुको शक्ति प्रदर्शन आन्दोलन नभएर अभियान भएको मुख्यमन्त्रीको भनाइ छ । फागुन १ गतेको कार्यक्रमलाई लक्षित गर्दै नेकपा केपी ओली पक्षले बिहीबार नै बुटवलमा मोटरसाइकल र्‍याली समेत गरेको छ ।