Ad #144479

२९ माघ, काठमाडौं । राज्यबिरुद्धकाे कसुर गरेको अभियोगमा पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले आज साँझ रिहा गरेको छ । आज बिहान महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीद्धारा पक्राउ परेकी उनलाई साँझ श्रीमान पशुपति पुरीको जिम्मा जमानीमा प्रहरीले छाडेको हो ।

राष्ट्रपतिबिरुद्ध आक्रामक र अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरेर महानगरीय अपराध अनुसन्धान महाशाखामा दिनभर राखेको थियो । ।

रिहाईपछि नेतृ झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छिन् । उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाउने पनि उद्घोष गरिन्न् ।

‘‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाइन्छ’, रिहा भएपछि उनले संक्षिप्त प्रतिक्रियाका क्रममा भनिन् ।