२९ माघ, काठमाडौं । नेकपा-दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सर्वोच्च अदालतमा उपस्थित गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अभिव्यक्ति स्वतन्त्रता विपरित प्रहरीले पक्राउ गरेको भन्दै अधिवक्ता गुणराज आचार्यले रिट दायर गरेको सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए । आज बिहीबार नै झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।












