२९ माघ, गोरखा । गोरखामा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । जिल्लाको गोरखा नगरपालिका–१२ स्थित नौ किलोमा बस र मोटरसाइकल ठोक्किदा घाइते हुनेमा सिरानचोक गाउँपालिका–८ का १७ बर्षीय मिलन पन्त र चितवनका ३२ बर्षीय केशव दवाडी घाइते भएका हुन् ।
घाइतेमध्ये दवाडीको गोरखा अस्पताल र पन्तको छिम्केश्वरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार गोरखा सदरमुकामबाट नारायणगढ जादै गरेको ग १ ख ४५२२ नम्वरको मिनीबस विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २ ०२ प ६४२२ नम्वरको पल्सर मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मोटरसाइकल बस र बस चालक अहिले प्रहरीको नियन्त्रणमा छन् ।












