Ad #144479

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (प्रचण्ड माधव पक्ष)की नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरी सरकारले अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन् । उनले उक्त घटनाको घोर भत्सना पनि गरेका छन् ।

उनले संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि सरकारले नाङ्गो हस्तक्षेप गरेको बताएका छन् । पौडेलले सामानिक संजाल ट्वीटरमा लेखेका छन्,”सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ ।

संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेको छ। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्सर्ना गर्दछु विना शर्त रिहा गरियोस्”।

बिहीबार बिहान प्रहरीले शंखमूल स्थित झाँक्रीको आफ्नै घरबाट पक्राउ गरेको थियो । अहिले झाँक्रीलाई नेपाल प्रहरीको अपराध महाशाखामा मिनभवनमा सोधपुछको लागि राखेको छ ।