अब नेपालमा मूठभेडको राजनीतिले स्थान पाउने सम्भावना

२९ माघ, काठमाडौं । अन्ततः केपी ओली नेतृत्वको सरकारले आफ्ना आलोचकहरुलाई थुनामै पठाउने विचित्रको अभ्यास थालेरै छाड्यो । वहुचर्चित एवं प्रचारित गरिएकी नेकपा नेतृ रामकुमार झाँक्रीलाई ओली सरकारले पक्राउ पुर्जी नै जारी गरेर घरबाटै पक्रेको छ ।

आज बिहान घम्साघम्सी गर्दै प्रहरीले राजधानीस्थित झाँक्रीको शंखमुल निवासमै पुगेर थुनामा पठाएको छ । यो प्रकरणले अब नेपालमा मूठभेडको राजनीतिले स्थान पाउने संभावनालाई बल पु¥याएको छ । नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति द्वैष फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । झाँक्रीलाई बुझाइएको पक्राउ पुर्जीमा उनीमाथि राज्यविरुद्धको कसुर अन्तर्गत दफा ५८ भन्ने वाक्यांशसहित थुनामा पठाइएको छ ।

नेतृ झाँक्रीले गोरखामा आयोजित एउटा कार्यक्रमा बोलेको विषयलाई आधार बनाएर पक्राउ गरेको बताइएकोछ । उक्त कार्यक्रममा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीलाई लक्षित गरी भनेकी थिइन्–राष्ट्रपतिको त कुरा के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्नु भएछ । म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु –शीतल निवासको कारगेड छाडेर कोटेश्वरतिर फर्के हुन्छ , चाबेल की बानेश्वर कतातिर घर छ रे, नत्र बालकोटतिरै गएर चुनाव लडेपनि हुन्छ ।

झाँक्रीले यस्तो अभिव्यक्ति दिएपछि राष्ट्रपति भण्डारीकी छोरीले सामाजिक सञ्जालमार्फत गुनासो गरेकी थिइन् । यस्तै झाँक्रीले राष्ट्रपतिको गरिमा र मर्यादामा चोट पुु¥याएको भन्दै अनेमसंघले समेत केही दिन अघि गृहमन्त्री रामबहादुर थापा बादल समक्ष पक्रन दबाद दिएको थियो ।

हिजैपनि नेतृ झाँक्रीले राष्ट्रपति व्यक्ति नभई संस्था भएकाले आलोचना गर्न पाइने भन्दै सार्वजनिक मञ्चबाटै विरोध गरेकी थिइन् । लगत्तै आज ओली सरकारले झाँक्रीलाई पक्रन प्रहरी खटाएको छ । अब झाँक्री मात्र होइन, ओली सरकारले आफूलाई गाली गर्ने जो कोहीलाई पक्रने सन्देश दिन समेत यो काम गरेको बुझ्न सकिन्छ । यसले राजनीतिलाई मुठभेडतिरै अग्रसर गराउने विज्ञहरुको बुझाई छ ।

[sidebar name="button post"]