२९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफू गिरफ्तारी दिन तयार रहेको बताएकी छन्।
प्रहरीले पक्राउ पुर्जी दिए आफू प्रहरी कार्यालय जान तयार रहेको उनले बताएकी हुन्। उनलाई पक्रन गएको प्रहरीका एक अधिकृतसँग अहिले उनले कुरा गरिरहेकी छन्।
शंखमुलस्थित झाँक्री निवासअगाडि अहिले उनका समर्थकले नाराबाजी गरिरहेका छन् भने ठूलो संख्यामा दंगा प्रहरी परिचालन गरिएको छ।
‘हाम्रो झाँक्री हाई हाई, केपी ओली बाइबाइ’ लगायत नारा कार्यकर्ताले लगाइरहेका छन्। उनीहरूले प्रहरी दमन भएको भन्दैसमेत नाराबाजी गरिरहेका छन्। झाँक्रीले एक साता अगाडि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारी सम्बन्धी अभिव्यक्ति दिएकी थिइन्।
[sidebar name="button post"]











