आज थप १६० जनामा संक्रमण पुष्टि, दुई जनाको मृत्यु

२७ माघ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार मंगलबार एक सय ६० जनामा कोरोना पुष्टि भएको हो।

यससँगै देशभर हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार २१६ पुगेको छ। त्यस्तै, कोरोनाबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १६५ जना निको भएर फर्किएका छन्। यससँगै कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ४३१ पुगेको छ।

[sidebar name="button post"]