२७ माघ, बैतडी । नेपाल प्रहरीले आफ्नै छोरीलाई गोली हानेर हत्या गर्ने बुवा चार दिनपछि नियन्त्रणमा लिएको छ । बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने पुरुषलाई प्रहरीले चार दिनपछि पक्राउ परेको हाे ।
जिल्लाको पुर्चौडी नगरपालिका–१० का धनसिह महरालाई प्रहरीले पक्राउ गरेको हो । माघ २४ गते महराले आफ्नै २० वर्षीया विवाहित छोरी बेलमती महराको गोली प्रहार गरी हत्या गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएका थिए । छोरी हत्या र आफ्नै घरमा आगो लगाएर महरा बन्दुकसहित फरार भएका थिए ।
[sidebar name="button post"]









