२७ माघ,काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहले राजनितिक दलहरुले आफ्नो स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा एक विचारमा लेख्दै शाहले राजनैतिक दलको कुण्ठित शक्ति प्रदर्शन केबल एक भ्रम मात्र रहेको बताएका हुन । ट्वीटरमा पुर्व राजा शाहले अहंकार र दम्भले कसैको पनि भलो पनि नगर्ने उल्लेख गरेका छन्।
अगाडि शाहले लेखेका छन्, “अहंकार र दम्भले कसैको पनि भलो गर्दैन । जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने सत्तासिन राजनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन केबल एक भ्रम मात्र हो जो सर्वथा जन हीतमा छैन” ।
अहंकार र दम्भले कसैको पनि भलो गर्दैन । जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने सत्तासिन राजनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन केबल एक भ्रम मात्र हो जो सर्वथा जन हीतमा छैन ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) February 9, 2021
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपश्चात अहिले असन्तुष्ट बनेका नेकपा प्रचण्ड-नेपाल पक्ष र प्रतिपक्ष दलहरुले संसद विघटनको विरोधमा प्रदर्शन गर्दै आईरहेका छन् । त्यस्तै सत्तारुढ दल नेकपा दुईपक्षमा बढिएपछि केहि दिन अगाडि मात्र काठमाडौंमा प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड माधव पक्षले बृहत आमसभा समेत गरेको थिए ।









