आजको तपाईंको राशिफल
आज मिति वि.सं. २०७७ साल माघ २७ गते । मंगलबार । इ.स.२०२१ फेब्रुवरी ०९ तारिक । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ कृष्णपक्ष । आज काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेटमा,सूर्यास्त १७ बजेर ४९ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :
अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो नतिजा ल्याउन निकै मेहनेत गर्नुपर्नेछ । साहित्य,लेखन तथा कलाकारिताको क्षेत्रमा समय खर्चिए पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने भएपनि यात्राका क्रममा ध्यान दिनुहोला । अध्यात्म तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्नेछ । प्रेममा अबिश्वास बढ्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :
सत्यता बुझेर अगाडी बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाईनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेकोछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :
अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुशि भएको महशुस गर्नेछन् । व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :
मामा तथा मावलिबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आबश्यकताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईं आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईंको नाम आउने तथा विजयको योग रहेकोछ । व्यापार व्यवसायमा प्रशस्त नाँफा कमाउन सकिनेछ भने व्यवसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :
खानपानमा ध्यान दिनुहोला स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। नयाँ योजना कार्यान्वयनमा ल्याउन नसकिए पनि लगनशीलताले बिस्तारै प्रगति हुनेछ। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यवसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :
माया प्रेममा सामान्य खटपटको योग रहेकोछ भने जीवन साथिको असहयोगले कामहरु समयमा सम्पन्न हुने छैनन् । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धी न्युन हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाईनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिने चिन्ताले सताउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :
तपाईंले शुरु गरेको काममा आफन्त तथा दाजुभाईहरुको सहयोग तथा समर्थन पाईनेछ । व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । बिवादित विषयहरु तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई पछि पार्दै तपाईंको नाम अग्र स्थानमा आउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :
वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । प्रशस्त समय लगानी गरेपनि समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । मध्यान्हबाट समय उत्तम रहेकोले सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :
चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गित संगित तथा मोडलिङमा बिशेष चाँसो बढ्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजभुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले पद प्राप्तीको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :
कुनै पनि आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । तरपनि काम तथा अध्ययनको शिलशिलामा यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्यांकन होला। शैक्षिक गुणस्तरमा बृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। दाजुभाई तथा आफन्तकाहरुले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ । भविस्यका लागी काम गर्न सकिने समय रहेकोछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :
इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमो सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथिभाईहरुको सहयोग पाईनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।









