Ad #144479

स्वास्थ्यलाई सन्तुलित राख्न निकै आवश्यक छ। खानपान र जीवनशैलीका कारण मानिसहरुको स्वास्थ्यमा धेरै समस्याहरु देखिन्छ । समस्या समधान गर्नका लागि विभिन्न उपायहरु अपनाउने गरिन्छ ।

प्राय मानिसहरुलाई तौल घटाउन र आफु स्वस्थ रहने चाहना हुन्छ। त्यसैले मानिसहरु तन्दुरुस्त र फिट हुनलाई जिम जाने गर्छन्। मानिसहरुलाई तन्दुरुस्त र फिट हुने चाहना भएता पनि कतिपए मानिसहरु जिम जान सक्दैनन्। तसर्थ तौल घटाउन हाम्रो शरीरले कति क्यालोरी पाइरहेको छ र कति खपत भइरहेको छ भन्नेकुरा जान्नु जरुरी हुन्छ ।

मोटोपन कम गर्न यी कुराहरु अपनाउनुहोस् :

सैयौँ दुखको एउटै औषधि हो , हाँसो। हाँस्नाले मानिसको शारीरिक र मानसिक स्वास्थ्य सन्तुलित हुन्छ। हाँस्नाले मेटाबोलिज्मको दर १० देखि २० प्रतिशतसम्म बढ्छ, जसले शरीरमा क्यालोरी एकदमै छिटो बर्न हुन्छ र तौल घट्छ भन्ने एक अध्ययनका अनुसार बताइएको छ।

चिसो पानी मोटोपन कम गर्न निकै उपयोगी मानिन्छ। चिसो पानी हाम्रो शरीरमा पुगेपछि उक्त पानी तात्न थाल्छ , पानी तताउनका लागि हाम्रो शरीरको क्यालोरी खर्च हुन्छ। यसरी शरीरमा मेटाबोलिज्म ठिक र तापक्रम सामान्य भएमा मानिसको तौल तीब्र रुपमा घट्छ ।

रक्तदानपछि मानिसको शरीरमा कमजोरी हुने गरेको कुरा तपाईंले पनि महसुस गर्नुभएको होला । रक्तदानपछि प्रोटिन, रातो रक्तकोषहरु र अन्य तत्वहरु फेरि उत्पन्न हुनको लागि शरीरको एकदमै धेरै उर्जा खपत हुने गर्छ । जसकारण पनि शरीरको तौल घट्छ ।

यदि तपाईं बिना कुनै परिश्रम तौल घटाउन चाहानुहुन्छ भने चुइगम खान सुरु गर्नुहोस् । तर चुइगम सुगरफ्रि हुनु आवश्यक छ। चुइगम चपाउँदा मेटाबोलिज्म बढ्छ र शरीरमा क्यालोरी बर्न हुन्छ । त्यसकारण दिनमा २० मिनेट चुइगम खानाले तपाईंको तौल घट्न मद्दत गर्छ भने किन चुइगम नखाने त ?