२३ माघ, काठमाडौं । नेकपा दाहाल-नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले अहिलेको विवाद नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक विवाद मात्र नभएको जिकिर गरेका छन् ।
शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले प्रधानमन्त्री केपी ओलीले जेजे गर्छन्, त्यो मानेर तामासा हेरेर नबस्ने बताएका हुन् । नेपालले ओलीले राज्य संयन्त्रहरु कब्जा गर्ने गरी संवैधानिक निकायहरुमा असंवैधानिक रुपमा नियुक्ति गरेकाले आमहड्तालमा उत्रिनु परेको बताएका छन् ।
उनले अघि भने, केपी ओलीले जेजे गर्छन्, खुरुखुरु मानेर तमासा हेर्ने बाला छैनौं ।’ रिङरोडमा नेपाली सेनाको बख्तरबन्द गाडी गुडाउँदैमा कोही तर्सिदैनौ ।












