२ माघ, जनकपुरधाम । जनकपुरधाममा बजार बन्द गराउन हिँडेका प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। । झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।
नेकपाका नेता/कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले लाठी प्रहारका साथै हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।
प्रहरीसँगको झडपमा परी नेकपा प्रचण्ड- नेपाल समूहका स्थायी समिति सदस्य रामचन्द्र झासहित ११ जना घाइते घाइते भएका छन्।उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ । साथै घाइतेहरूको उपचार भइरहेको छ ।












