Ad #144479

आजका मुख्य समाचारमा

अब देशलाई झलमल्ल पार्न सकिन्छ : ओली

१९ माघ, जनकपुरधाम । प्रधानमन्त्री ओलीले देशको सबैभन्दा ठूलो क्षमताको सबस्टेशन निर्माणमा सफलताको टुङ्गोले देशलाई झलमल्ल पार्न सकिने दृष्टान्त प्रस्तुत गरेको बताउनुभयो । “अब जति बिजुली चाहियो त्यसको आधार निर्माण भएको छ”, उहाँले भन्नुभयो । पाँच वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री ओलीले ढल्केवर–मुजफ्फरपुर र अरूण तेस्रो जलविद्युत् परियोजनाको शुभारम्भ गर्नुभएको थियो ।

महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा

१९ माघ, ललितपुर । ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ ।

कांग्रेसको मन्तव्य र गन्तव्य प्रष्ट हुन्छ : रामचन्द्र पौडेल

१९ माघ, दमौली ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताउनुभएको छ । कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उहाँले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका आवाज राख्नुपर्छ भन्नुभयो ।

आज देशभर कति थपिए कोरोना संक्रमित ?

१९ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १४५ जनाको पीसीआर परीक्षण भएकोमा १५७ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

क्रिकेट टिमको कतार भ्रमण स्थगित

१९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कतार भ्रमण स्थगित भएको छ । नेपाल क्रिकेट संघ ‘क्यान’ ले सोमबार नेपाल र कतारबीचको सिरिज स्थगित भएको जनाएको छ । नेपालले कतारसँग कतार स्पोर्ट्स डेको अवसरमा बाइल्याट्रल टी-ट्वान्टी सिरिज खेल्ने तालिका रहेको थियो । सिरिज फेब्रुअरी ९ देखि १२ सम्म हुने तालिका रहेको थियो ।

टाेखाको चण्डेश्वरीमा श्री स्वस्थानी व्रत कथा तथा हरिहर भजनको एक महिने धार्मिक मेला सुरु

१९ माघ, काठमाण्डौ। टाेखा नगरपालिकाको वडा नं.२ मा अवस्थित महत्त्वपूर्ण धार्मीक मन्दिर चण्डेश्वरीमा श्री स्वस्थानी व्रत कथा तथा हरिहर भजनको एक महिने धार्मीक मेला गत हप्ता सोमबारदेखी सुरु भएको छ । पौषशुल्क पुर्णीमा तिथीदेखी सुरु हुने यो मेला एक महिनासम्म सञ्चालन हुने गर्दछ ।

ओली र पौडेललाई पदबाट हटाइयाे

१९ माघ, काठमाडाैं ।  नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

ओलीविरुद्धको कारबाही अनुमोदन गर्दै प्रचण्ड–माधव समूह

१९ माघ, काठमाडौं । प्रचण्ड–माधव समूहको नेकपा केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीलाई यसअघि पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने भनी गरेको निर्णयलाई आज अनुमोदन गर्दैछ ।

एम्बुस आक्रमणमा परी छ आतङ्ककारी ज्यान गयो

२० माघ, पुल इ अलाम । अफगानिस्तानको लोगार प्रान्तमा अफगान सेनाले आइतबार राती गरेको एम्बुस आक्रमणमा परी छ आतङ्ककारी मारिनुको साथै अन्य चार घाइते भएका सेनाका प्रवक्ता इमाल मोहमदले सोमबार जानकारी दिनु भएको छ ।

भारतमा आर्थिक वर्ष २०२१/२२ को बजेट सार्वजनिक

१९ माघ , एजेन्सी । भारतले आगामी अप्रिलदेखि सुरु हुने आर्थिक वर्ष २०२१/२२ को बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले सोमबार पहिलोपटक ट्याबलेटबाट बजेट पेस गरेकी हुन् । सोमबार बजेट भाषणको क्रममा सबै सांसदलाई पनि बजेटको डिजिटल कपी दिइएको थियो ।

अष्ट्रेलियालीलाई अक्टोबरसम्म कोरोनाको खोप दिइने

१९ माघ, क्यानबेरा । अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने बताइएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिससले सोमबार सो कुराको जानकारी गराउनुभएको हो । उहाँले नेसनल प्रेस क्लबमा आज गर्नुभएको सम्बोधनका क्रममा सो जानकारी दिनुभएको राजधानी क्यानबेराबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

आज राति सेनाकाे गाडीले चक्रपथ परिक्रमा गर्दै

१९ माघ, काठमाडाैं । नेपाली सेनाका करीब १० बख्तरबन्द गाडीले आज राति चक्रपथ परिक्रमाको अभ्यास गर्दैछन् । सेनाको नियमित अभ्यासअनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाउने योजना बनेको हो ।

हल्लाको पछि लाग्नु हुँदैन : उपप्रम पोखरेल

१९ माघ, नुवाकोट । उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताउनुभएको छ । सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० को आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले कोही कसैले पनि तोकिएका समयमा निर्वाचन होला कि नहोला भनेर आशङ्का गर्नुपर्ने अवस्था नभएको स्पष्ट गर्नुभयो ।

मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु

१९ माघ, झापा । जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गर्भवती महिलाको फोक्सोमा पानी जम्दा मृत्यु

१९ माघ, सिमकोट ।  हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

प्रचण्डविरूद्ध अपहेलना मुद्दा दर्ता

१९ माघ, काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।

सुनको मूल्य पाँच सयले बढ्यो, तोलाको कति पुग्यो ?

१९ माघ, काठमाण्डौ। नेपाली बजारमा साताको दोस्रो दिन आज सुनको मूल्य बढेको छ। सोमबार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

कक्षा १२ को परिक्षाफ़ल सार्वजनिक

१९ माघ, काठमाण्डौ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।

आज माघ १९ गते सोमबार, यस्तो छ तपाईंको राशिफल