Ad #144479

१९ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदको सिफारिश अनुसार संसदीय सुनुवाई नगर्ने भन्दै हिजो परिषदमै फर्काउने गरी गरेको निर्णयको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनाले आज विरोध गरेका छन् ।

संसद सचिबालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष तिम्सिनाले सभामुखबाट भएको कामले राष्ट्रियसभाको गरिमा छायामा पारेको आरोप लगाए ।

हामीले द्विसदनात्मक व्यवस्था गरेकाछौं, तर सभामुखले हिजो पठाएको पत्रमा संसद् भनेका केवल प्रतिनिधिसभा मात्र भएको छनक दिन खोजेको देखियो – अध्यक्ष तिम्सिनाले भने ।

गएको मंसिर ३० गते साँझ ५ बजे अध्यक्ष तिम्सिनासहित बसेको संवैधानिक परिषद बैठकले विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिश गरिएको थियो ।