१८ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३०८ जनाको पीसीआर परीक्षण भएकोमा १०५ जनालाई कोरोना पोजेटिभ देखिएको हो । जस मध्ये काठमाडौं उपत्यकामा ६८ जना थपिएका छन् ।
सैगरी २४ घण्टामा २ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या २ हजार २९ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या २ हजार ५९४ रहेको छ ।












