१८ माघ, काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा उनकै सहयात्रीहरु सडक आन्दोलनमा छन् । प्रचण्ड–माधव समूहले ओलीको उक्त कदमलाई प्रतिगमन भनेका छन् ।
त्यसविरुद्ध अहिले तेस्रो चरणको आन्दोलन जारी छ । यसैक्रममा राजधानीको माइतीघर मण्डलामा विघटित प्रतिनिधिसभाका सांसद्हरु दिनहुँ विरोध प्रदर्शनमा संलग्न छन् ।
आजको विरोध प्रदर्शनमा उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी भएका छन् । अहिले प्रदर्शनी भइरहेको छ । नेताहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड सहित ओलीविरुद्ध नाराबाजी गरिरहेका छन् ।












