१७ माघ, कैलाली । शनिबार सुदूरपश्चिम प्रदेशमा पुगेका नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको भव्य स्वागत भएकाे छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टसहित मन्त्रीहरुले धनगढी विमानस्थलमै पुगेर सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्न धनगढी पुगेका प्रचण्ड-नेपाललाई विमानस्थलमै पुगेर स्वागत गरेका हुन् । अध्यक्षद्वयको स्वागतमा मुख्यमन्त्री र मन्त्रीका साथै प्रदेश इन्चार्ज भीम रावललगायतका नेता कार्यकर्ताको उपस्थिति थियो ।
यस अघि २४ पुषमा प्रधानमन्त्री केपी ओली आफू नेतृत्वको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आमसभालाई सम्बोधन गर्न धनगढी जाँदा उनको स्वागतमा प्रदेश सरकारको शून्य सहभागिता थियो ।












