माघ, नेपालगञ्ज । बाँकेमा सिनियर अनमी ‘छैठौं तह’ रमा भारतीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । जिल्लाको बैजनाथ गाउँपालिकामा रहेको टिटिहिरिया स्वास्थ्य चौकीकी कार्यरत उनको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे ४२ वर्षीया उनको निधन भएको हो ।
भारती जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरिकी पत्नीसमेत हुन् । गिरिलाई भने संक्रमण देखिएको छैन । चार दिन अघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो, उपचारका क्रममा आज निधन भएकाे हाे ।
भारतीको एक र एक जना छोराछोरी छन् । नेपाली सेनाले भारतीको शव दिउँसो १ बजे जग्दीघाटमा व्यवस्थापन गरेकाे छ । यसैबीच, भारतीको निधनमा बैजनाथ गाउँपालिकाले शुक्रबार पालिकासहित अन्तरगतको वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाह एक दिनका लागि बन्द गरिएकाे छ ।












