Ad #144479

एजेन्सी। प्रत्येक व्यक्तिको व्यक्तित्व र सम्बन्ध फरक फरक हुन्छ । स्वास्थ्य र सम्बन्धको एकापसमा भिन्नै तालमेल रहेको हुन्छ ।बिबाहितको तुलनामा सिङगल मानिस बढी खुसी हुने विभिन्न अध्यनहरुले देखाएको छ।

एक्लो बस्दा मानिसहरुलाई विभिन्न प्रकारका फाइदाहरु हुन्छन् । केहि फाइदाहरु यसप्रकार रहेका छन्:

जीवनलाई खुलेर बाँच्छन्ः

विशेषज्ञका अनुसार यस्ता धेरै मानिसहरु छन् जो सिंगल बस्दा पनि निकै खुसी हुन्छन्। बिबाहित मानिसहरु भन्दा एक्लै बस्ने व्यक्तिहरु आफ्नो जिवनमा खुलेर बाँच्छन् । उनीहरुलाई अरु मानिसले के सोच्छन् भनेर खासै वास्ता हुँदैन । उनीहरु एक्लै बस्न मन पराउँछन् र एक्लोपनमा नै सन्तुस्ट हुन्छन ।

रुटिन बन्छः

विज्ञका अनुसार विवाहितको तुलनामा एक्ला व्यक्ति आफ्नो स्वास्थ्यमा बढी ध्यान दिन्छन् । उनीहरुले आफ्नो स्वास्थको धेरै ख्याल राख्दछन्। उनीहरु समय समयमा व्यायाम गर्छन्, स्वस्थ खानेकुरा खान्छन् र आफ्नो जीवनशैली पूर्ण रुपमा सही राख्छन् ।

सँगै हुन्छन् साथीः

एक अध्ययनका अनुसार विवाहित व्यक्तिको तुलनामा एक्लो व्यक्तिले सम्बन्ध निकै छिटो बनाउँछन् र आफ्नो साथीपन पनि राम्रोसंग निभाउँछन् । यतिमात्रै मात्र नभएर,साथी, आफन्त र छिमेकीसँग पनि उनीहरुको राम्रो सम्बन्ध हुन्छ ।

कामबारे तनाव लिँदैनन्ः

विवाहित व्यक्तिको तुलनामा एक्ला व्यक्तिहरुलाई हेर्ने हो भने उनीहरु हरेक कुरामा कम तनाव लिन्छन् र जीवन पनि खुलेर बाँच्दछन् । सन् २००५ को मिशिगन विश्वविद्यालयको एक शोध अनुसार विवाहित व्यक्तिको तुलनमा एक्ला व्यक्ति घरको काम कम गर्छन् । किनभने उनीहरु एक्लै हुने भएकाले विवाहित व्यक्तिको तुलनामा बढि अल्छि पनि हुन्छन्।

पैसाबारे कम तनावः

एक्ला व्यक्तिहरुले जति पैसा कमाए पनि उनीहरु एकदम खुसी हुन्छन् किनभने जति भए नि त्यो पैसा आफैंमा खर्च गर्दछन् जबकि विवाहित व्यक्तिहरुलाई पैसाको बिषयमा निकै तनाव हुने हुन्छ।

मुटुको स्वास्थ्यलाई खतराः

विवाहित व्यक्तिको तुलनमा एक्लो व्यक्तिमा मुटु रोगको खतरा पाँच प्रतिशत रहेको एक अनुसन्धान अनुसार अमेरिकन कलेज अफ कार्डिओलोजीले पत्ता लगाएको थियो।