Ad #144479

१६ माघ,काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आज तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने बिहीबारको तुलनामा सामान्य बृद्धि भएर आज तोलामा १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।