मकवानपुरकाे छतिवनमा बस अनियन्त्रित हुँदा १५ जना घाइते

१६ माघ, हेटौंडा । मकवानपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्लाको बकैया गाउँपालिका–४, छतिवनमा बस दुर्घटना हुँदा घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार विहान करिब नौ बजेको समयमा धरान–चतरा सडकखण्डको छतिवनमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । । प्रहरीका अनुसार मकवानपुरको धियाँलबाट हेटौंडा बजारतर्फ आइरहेको ना.३ ख ३३४४ नम्बरको बस दुर्घटना भएको हो ।

घाइतेहरुको छतिवनस्थित प्रहरी चौकी हात्तिसुँढेमा प्राथमिक उपचार भैइरहेको छ । गम्भिर घाइते सात जनालाई थप उपचारका लागि हेटौंडा रिफर गरिएको छ । गम्भिर घाइते भएकाहरुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटना भएको स्थान मकवानपुर सदरमुकाम हेटौंडाबाट करिब २८ किलोमिटर पूर्वमा पर्दछ ।

[sidebar name="button post"]