तीन महिनाभित्र नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने : प्रधानमन्त्रि ओली

१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरूद्ध खोप अभियानको आज शुभारम्भ गर्दै तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताउनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अबका तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरूद्ध खोप पाउने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले भारत सरकारले दश लाख डोज खोप अनुदानमा दिएकोमा धन्यबाद दिनुभएको छ । थप खोप ल्याउनेबारे पनि पहल भइरहेको पनि प्रधानमन्त्री ओलीले बताउनु भयो ।

सरकारले आज १२ हजार जनालाई कोरोना खोप लगाउने तयारी गरेको छ। देशका १२० खोप केन्द्रबाट खोप लगाइन्छ। पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई खोप लगाइने सरकारले जनाएको छ।

प्रधानमन्त्री ओलीले खोपबाट कोही पनि बञ्चित हुन नहुने बताउनु भएको छ । साथै प्रधानमन्त्री ओलीले आज खोप लगाएकाहरूले अबका २८ दिनमा अर्कोपटक खोप लगाउनुपर्ने पनि बताउनु भयो ।

[sidebar name="button post"]