पीएम कपको विजेताले १० लाख पाउने

१४ माघ, काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप ‘पीएम कप’ एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको विजेताले १० लाख प्राप्त गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले मंगलबार प्रतियोगिताको विजेतालाई १० लाख दिने निर्णय गरेको हो । यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टिमले ५० हजार पाउने छन् ।

प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५-२५ हजार पाउने छन् ।सेमिफाइनलपछिको प्लेयर अफ दि म्याचले ५ हजार पाउने छन् ।

प्रतियोगिताको सेमिफाइनल बागमती प्रदेश, एपीएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब पुगेका छन् ।बुधबार हुने पहिलो सेमिफाइनलमा एपीएफ र पुलिस भिड्ने छन् । बिहीबार हुने दोस्रो सेमिफाइनलमा आर्मी र बागमती भिड्ने छन् ।

[sidebar name="button post"]