१४ माघ, एजेन्सी । वेष्ट ब्रोमिचलाई फराकिलो गोल अन्तरले हराउँदै म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राती भएको खेलमा सिटीले वेष्ट ब्रोमिचलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा इकी गुण्डोगानले दुई तथा जोओ क्यान्सेलो, रियाद मेहेराज र रहिम स्टर्लिङले एक एक गोल गरे । जितसँगै सिटी १९ खेलबाट ४१ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको हो । समान खेलबाट ४० अंक रहेको म्यानचेष्टर युनाईटेड दोस्रो स्थानमा छ ।
[sidebar name="button post"]











