आज कति थपिए कोरोना संक्रमित ?

१३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५७४ जनाको पीसीआर परीक्षण भएकोमा २७० जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६४ हजार ८२३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २८५ जनाले कोरोना जिते ।

यसैगरी २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या २ हजार १७ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या ३ हजार २५२ रहेको छ ।

[sidebar name="button post"]