गाउँपालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालनमा

१२ माघ, बाँके । राप्तीसोनारी गाउँपालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालनमा गरिएको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशानालयअन्तर्गत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले वडा नं ९ मा सो केन्द्र सञ्चालन ल्याएको हो ।

गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले जडीबुटीबाट बनेका औषधिलाई नागरिकसमक्ष पु¥याउनु आयोग्य केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले आयुर्वेदप्रति जनताको दिनप्रतिदिन रुचि बढ्दै गएको उहाँको भनाइ छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख अनिल चौधरीले आयुर्वेदप्रति जनताको रुचि बढेको बताउनुभयो । आयुर्वेद केन्द्रले यसअघि त्यहाँ गाउँघर क्लिनिक सञ्चालन गरेको थियो । केन्द्रले औषधालय नै खोल्ने तयारी गरे पनि अहिलेलाई आरोग्य केन्द्र सञ्चालनमा ल्याएको डा चौधरीले जानकारी दिनभयो ।

प्रदेश सरकारले जिल्लाका तीन ठाउँमा आरोग्य केन्द्र सञ्चालन गर्दैछ । नरैनापुर र खजुरा गाउँपालिकामा केन्द्र सञ्चालनको तयारी भइरहेको बताइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज वसन्तराज पौडेलका अनुसार आरोग्य केन्द्रमा दैनिक बिरामीलाई आयुर्वेदिक औषधी निःशुल्क वितरण गरिनेछ

[sidebar name="button post"]