Ad #144479

१२ माघ, काठमाडौं । नेकपा ओली पक्षका नेता ईश्वर पोखरेलले प्रचण्ड–माधव पक्षसँग पार्टी एकताको सम्भावना रहेको भन्दै त्यसका लागि दुईवटा सर्त स्वीकार्नुपर्ने बताएका छन् ।

प्रचण्ड–माधव समूहले गरेको विरोध ¥यालीलाई काउण्टर गर्न माघ २३ गते आयोजना गर्न लागिएको वृहत्त प्रदर्शनीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

यसका लागि कात्तिक २८ गते सचिवालयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको आरोपपत्र फिर्ता लिएर बैशाखमा हुने निर्वाचनमा सहभागी हुन तयार हुनुपर्छ – उनले सर्त तेस्र्याए ।