नागरिक अगुवाहरुमाथि प्रशासनकाे धरपकड

१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन गरी प्रतिगमनलाई सघाएको भन्दै प्रधानमन्त्री केपी ओलीको कदमको विरोधमा निस्किएको नागरिक अगुवाहरुलाई आज प्रशासनले धरपकड गरेको छ । नागरिक अधिकारकर्मी कृष्ण पहाडीलगायतको विरोध कार्यक्रमलाई प्रहरीले बल प्रयोग गरेको छ ।

प्रहरीले मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई पक्राउ गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको प्रदर्शनीमा प्रहरीले पहाडी लगायत धेरैलाई पक्रेको छ ।

निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै प्रहरीले पक्राउ गरेको जनाएको छ । ओलीको असंवैधानिक कदमविरुद्ध नागरिक अगुवा सडक संघर्षमा ओर्लिएको छ ।

[sidebar name="button post"]