तापलेजुङमा निर्वाचनकाे तयारी: अद्यावधिक, दाबी विरोधकाे जारी

११ माघ, फुङ्लिङ । जिल्ला निर्वाचन कार्यालय तापलेजुङले मतदाता नामावली अद्यावधिक, दाबी विरोध र संसशोधनसहितका कार्यक्रम शुरुआत गरेका छ । स्थानीय तहको केन्द्रलाई आधार मानी गत पुस ५ गतेसम्म दर्ता भएका मतदाताको नामावली प्रकाशन यही माघ १५ गते गरी १६ गतेदेखि १८ सम्म नाम सच्याउने र दाबी विरोधका लागि उजुरी दिने, २१ गतेभित्र छानविन गरी नाम हटाउन परेका निवेदनउपर सुनुवाइ गर्ने र माघ २६ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गर्ने कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी मोहनप्रसाद कोइरालाका अनुसार प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको जिल्लामा ८५ हजार ४६७ मतदाता छन् । ती मध्ये ४० हजार १४५ महिला र ४५ हजार ३२२ पुरुष रहेको प्रस्तुत तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकामा आठ हजार ३५६ महिला र आठ हजार ३९८ पुरुष गरी १६ हजार ७५४ मतदाता रहेका छन् । यस्तै आठराई त्रिवेणी गाउँपालिकामा चार हजार ३६९ महिला र चार हजार ९०२ पुरुष गरी नौ हजार २७१, मैवाखोला गाउँपालिकामा तीन हजार ३९५ महिला र तीन हजार ८३५ पुरुष गरी सात हजार २३०, मेरिङदेन गाउँपालिकामा तीन हजार ७९६ महिला र चार हजार ४ ५२ पुरुष गरी आठ हजार २४८ जना मतदाता रहेका छन् ।

यस्तै मिक्वाखोला गाउँपालिकामा दुई हजार ९०६ र तीन हजार ४९४ पुरुष गरी छ हजार ४००, सिदिंवा गाउँपालिकामा तीन हजार ८६८ महिला र चार हजार ६६० पुरुष गरी आठ हजार ५२८, सिरिजङ्गा गाउँपालिकामा पाँच हजार २२३ महिला र पाँच हजार ९४९ पुरुष गरी ११ हजार १७२, पाथिभरा याङ्वरक गाउँपालिकामा चार हजार ३०३ महिला र चार हजार ८७७ पुरुष गरी नौ हजार १८० र फक्ताङलुङ गाउँपालिकामा दुई हजार ९२९ महिला र चार हजार ७५५ पुरुष गरी आठ हजार ६८४ जना मतदाता रहेका छन् ।

कामका लागि तीव्ररुपमा तयारी थालिएको जिल्ला निर्वाचन अधिकारी कुमार भट्टराईले बताउनुभयो । राजनीतिक दलका नेताहरुले कोभिड– १९ का कारण रोजगारी गुमाएर फर्केका र नामावलीमा नाम छुट भएका नागरिकको मताधिकार सुरक्षित गर्न नाम दर्ताको म्याद माघ महिनाभर बढाउनका लागि आयोगसँग माग गर्नुभएको छ ।

[sidebar name="button post"]