प्रदेश १ का मुख्यमन्त्रीले लगनगाठाे कसे

११ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  लगनगाठाे कसेका छन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग वैवाहिक जीवनमा बाँधिएका हुन् ।

मुख्यमन्त्री राईको वैवाहिक समारोहमा पार्टीका सीमित नेता र आफन्तहरु सहभागिता रहेको थियो । ४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएका थिए ।

राईको पुख्यौंली घर भोजपुर हो भने शेर्पाको संखुवासभा हो । काठमाडौंमा हुर्केबढेकी शेर्पाको आमाबाबु हाल अमेरिकामा बस्दै आएका छन् ।
उनी मोडल समेत हुन् । मिस मंगोल २०१८ को उपाधि समेत जितेकी उनले म्युजिक भिडियोमा अभियन गर्नुका साथै स्टेज शो सञ्चालन गर्ने गर्छिन् ।
[sidebar name="button post"]