११ माघ, काठमाडौं । यही माघ १४ गतेदेखि नेपालमा पनि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु हुने भएको छ । भारतबाट अनुदानका रुपमा प्राप्त १० लाख डोज खोप पहिला फ्रन्टलाइनमा कार्यरत स्वास्थकर्मीलाई दिइने गरी कार्यविधि बनाइएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग अनलाइनमार्फत कुरा गर्दै यस्तो जानकारी दिएका हुन् । मन्त्री त्रिपाठीका अनुसार, माघ १४ गते बिहान १० बजेबाट अभियानको थालनी हुनेछ । प्रधानमन्त्री केपी ओलीले अभियानको थालनी गर्ने कार्यक्रम तय गरिएको छ ।
भारतबाट प्राप्त कोभिशिल्ड खोप ७० प्रतिशत प्रभावकारी रहेको बताइन्छ । तर यो खोप लगाउन कतिपय स्वास्थकर्मीले अस्वीकार गर्ने बुझिएको छ । सरकारले पनि खोप लगाउन वाध्य नबनाउने नीति तयार गरेको छ ।
[sidebar name="button post"]









