पछिल्लो २४ घण्टामा देशभर कति संक्रमित थपिए ?

९ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमध्ये ११२ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६३ हजार ३४८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ४८० जनाले कोरोना जितेका छन् ।

यसैगरी २४ घण्टामा ७ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९८६ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको रहेको छ ।

[sidebar name="button post"]