रुपन्देहीमा एक महिलाको हत्या

९ माघ , रुपन्देही । रुपन्देहीमा ५५ वर्षीया एक महिलाको हत्या भएको छ। इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार गैडहवा गाउँपालिका-२ की कलावति धोबीको शव ननउली गाउँको तोरीबारीमा बेलुका राति ८ बजे फेला परेको हो।

उनी सामान्य परिवारकी हुन्। उनका श्रीमान र चार छोरा छन्। घरबाट निस्किएको निकैबेर नफर्केपछि छोराहरू खोजीमा निस्केका थिए।मृतक धोबीको टाउकोमा चोट देखिएको छ। उनको हत्या कसले किन गर्‍यो भन्ने अनुसन्धान भइरहेको महतले बताए।

[sidebar name="button post"]