नेकपा (दाहाल(नेपाल समूह) ले शुक्रबार प्रतिनिधि सभा विघटनविरुद्धमा काठमाडौँमा गर्ने विरोध सभा गर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीले बनाएको संघर्ष समितिले विरोध सभाको तयारी पूरा भएको जनाएको छ ।
बिहिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा सञ्चारकर्मीहरूसँग संघर्ष समितिका सह(संयोजक तथा प्रवक्ता योगेश भट्टराईले शुक्रबार गरिने विरोध सभाको तयारी पुरा भएको जानकारी दिए । उनले पार्टीको स्थायी समिति सदस्यसहितका नेताहरूको नेतृत्वमा माइतिघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज,शान्तिबाटिका, वाल्मिकी क्याम्पसलगायतका स्थानबाट जुलुस निकाल्ने तयारी पूरा भएको उनले बताए ।
उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुश रत्नपार्कमा जम्मा भइ मुख्य जुलुसमा परिणत हुने भट्टराईले बताए । मुख्य जुलुस पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतलीसडक हुँदै भृकुटीमण्डपमा गुगेर विरोध सभामा परिणत हुने नेता भट्टराईले जानकारी दिए ।
विरोधसभामा अध्यक्षद्वय दाहाल र नेपाललगायत नेताहरूले सम्बोधन गर्ने उनले बताए । सह(संयोजक भट्टराईले विरोध प्रदर्शन तथा सभा शान्तिपूर्ण हुने बताए ।
नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा सुचारु नहुञ्जेलसम्म संघर्षको कार्यक्रम जारी रहने बताए । श्रेष्ठले संघर्षको कार्यक्रमले संवैधानिक अंगलाई संविधानले निर्दिष्ट गरेको भुमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्नको निम्ति वातावरण निर्माण हुने दाबी गरे ।












