८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संविधान र लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि आफ्नो लडाईं जारी रहने बताएका छन् ।
आफूनिकट प्रेस संगठनको दोस्रो बैठकलाई आज राजधानीमा संवोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई लोकतान्त्रिक प्रणालीमा लैजानकै लागि आफूले जनतासमक्ष जाने फैसला गरेको प्रष्ट्याए ।

पार्टी भित्र भाँडभैलो गर्ने प्रवृत्ति हावी भएको र लोकतन्त्रकै हुर्मत लिने काम केही नेताहरुबाट हुन थालेपछि त्यसको फैसला जनताले गरुन भनेर प्रतिनिधिसभा विघटन गरी फ्रेस म्याण्डेड लिन अग्रसर भएको पनि उनले दाबी गरे ।
सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य लिएर सरकार अगाडि बढेका बेला केही स्वार्थी तत्वले असफल बनाउन छिर्के हाल्ने दाउ खेलेकाले आफू वाध्य भएर जनसमक्ष गएको प्रधानमन्त्रीले तर्क गरे ।

आफूले भारतीय समाचार च्यानल जी टिभीलाई दिएको अन्तर्वार्ताबाट त्रस्त भएकाहरुले माउण्ट एभरेष्टको नाम फेर्न आफ्नो तर्क प्रस्तुत गर्ने पत्रकारको भनाईलाई खोक्रो राष्ट्रवाद भएको तर्क गरे । भेलामा देशैभरिका निकट पत्रकारहरु सहभागी छन् । अहिले प्रधानमन्त्री ओली आफ्नो धारणा राखिरहेका छन् ।












