८ माघ, रुकुम । रुकुम पश्चिमको आठबीसकोटस्थित राडीबजारमा लगाइएको निषेधाज्ञा हटाइएको छ ।
आठबीसकोट नगरपालिका–९, राडीबजारमा ६ गते बेलुकी ५ बजेदेखि लगाइएको निषेधाज्ञा बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी हटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच ६ गते दिनभर झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा लगाएको थियो । अहिले अवस्था सामान्य रहेकाले निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
[sidebar name="button post"]











