Ad #144479

७ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गरिरहको सर्वोच्च अदातलको संवैधानिक इजलासका न्यायाधीशले कसैको भाषणले आफूहरू प्रभावित नहुने बताएका छन्। बुधबारको सुनुवाइका क्रममा बहस गरेका रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले भाषणमा संसद पुनर्स्थापना हुन्न भन्दै हिँडेको कुरा इजलासमा राखेका थिए।

प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार सर्वोच्चले आफ्नो पक्षमा फैसला गर्ने दाबी गर्दै आएका छन् । प्रधानमन्त्री ओलीको दाबीले सर्वोच्चको कार्यक्षेत्रभित्र प्रवेश गरेको, जनतामा भ्रम पैदा गरेको र न्यायालयलाई प्रभावित गर्न खोजेको भन्दै संवैधानिक इजलासमा प्रश्न उठेको छ ।

यो इजलासमा विचाराधीन मुद्दा भएको बेला प्रधानमन्त्रीले पुनर्स्थापनाको भाषण गर्नुले जनमानसमा कस्तो सन्देश जान्छ श्रीमान ?’ उनले भने।उनको कुरा सुनेपछि एक न्यायाधीशले दुवैतिरबाट त्यस्ता भाषण भइरहेको बताए। ‘प्रधानमन्त्रीको भाषणले तपाईंलाई प्रभावित गर्छ?’ उनले सोधे। ‘हुन्न श्रीमान!,’ अधिवक्ता न्यौपानेले बने।  त्यसपछि न्यायाधीश अनिल सिन्हाले भने, ‘त्यसो भए हामी पनि कसैको भाषणबाट प्रभावित हुन्नौं, ल तपाईं विषयवस्तुमै केन्द्रित भएर बहस गर्नुहोस्।’

अधिवक्ता न्यौपानेले प्रधानमन्त्रीले आफू खुसी संविधानको व्याख्या गरे संविधानवाद नै सकिने बताए। प्रधानमन्त्री ओलीले मंगलबारमात्रै प्रतिनिधि सभा पुनर्स्थापना हुने भ्रममा नपर्ने आग्रह गरेका थिए। प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन हालेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अदालतप्रति भ्रम फैलाउने प्रधानमन्त्री ओलीका अभिव्यक्तिमा अंकुश लगाउन निर्देशन जानुपर्ने इजलाससमक्ष माग गरे । प्रधानमन्त्रीले बारम्बार यस्ता अभिव्यक्ति दोहोर्‍याएर न्यायालयमाथि प्रभाव पार्न खोजेकाले त्यस्ता अभिव्यक्ति दिनबाट रोक्नुपर्ने न्यौपानेको माग थियो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम प्रथम दृष्टिमै असंवैधानिक रहेको न्यौपानेको जिकिर थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन प्रस्तावको स्वीकृति पनि संविधानसम्मत नभएको उनको भनाइ थियो । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदन चौथो दिनको सुनुवाइ सकिएको छ । अर्को सुनुवाइ बिहीबारका लागि तोकिएको छ ।प्रधानमन्त्री ओलीले मंगलबारमात्रै प्रतिनिधि सभा पुनर्स्थापना हुने भ्रममा नपर्ने आग्रह गरेका थिए।