Ad #144479

६ माघ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप ३४८ जना कोरोना संक्रमणको पुष्टी भएको छ । यससँगै मंगलबार देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ।

मंगलबार ४४१ जना कोरोना संक्रमित डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ।

हाल देशभर ३ हजार ७ सय ६४ सक्रिय संक्रमित रहेका छन्।