Ad #144479

६ माघ, बैतडी ।  बैतडीमा १६ वर्षीया किशोरी आफ्नै परिवारका सदस्यबाटै बलात्कारमा परेकी छिन् । जिल्लाको सिगास गाउँपालिकामा १६ वर्षीया किशोरी काका र हजुरबुबा नाता पर्नेबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताए । प्रहरीले किशोरीको परिवारले दिएको उजुरीको आधारमा दुईजनालाई नियन्त्रणमा लिएका छ ।

अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।  घटना केही समय अघिको भएको प्रहरीले जनाएको छ । ‘किशोरीको गर्भ रहेको खुलेपछि उनी बलात्कारमा परेको आफन्तले थाहा पाएका हुन् ।

किशोरीको स्वास्थ्य चेक गर्दा १२ हप्ताको गर्भ रहेको खुलेको प्रहरीले जनाएको छ ।