Ad #144479

६ माघ। काठमाडौं । धनकुटाकी कोरोना संक्रमित महिलाको धरानमा मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

धनकुटा-४ घर भएकी ७७ वर्षीया महिलाको मंगलबार बिहान ६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए । उनमा उच्च रक्तचापकोसमेत समस्या थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई धनकुटा जिल्ला अस्पतालले रिफर गरेको थियो । गत पुष १४ गते बीपी प्रतिष्ठानमा भर्ना भएकी उनमा पुष १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।