के तपाईं दिनदिनै नुहाउनु हुन्छ ? यस्ता छन् असर

प्राय हामी सबै गर्मी मौसममा जाडो मौसममा भन्दा बढी नुहाउने गर्छौं । नुहाउनु स्वास्थ्यका लागि फाइदाजनक पनि मानिन्छ । गर्मी महिनामा हामी कतिले दैनिक नुहाउने गर्छौं भने कतिले केही दिन बिराएर नुहाउने गर्छौं।

तराई क्षेत्रमा अत्यधिक गर्मी हुने हुँदा दैनिक ३ पटकसम्म नुहाउने पनि कसैको बानि हुन्छ । हामीले सुन्दै आए अनुसार नुहाउनु स्वास्थ्यका लागि राम्रो हो । तर, दिनदिनै नुहाउनु स्वास्थ्यका हिसाबले राम्रो नहुने कतिपय चिकित्सकहरुले बताउँदै आएका छन् ।

दिनदिनै नुहाउनुको असर यस्ता छन् :

जाडोमा तातोपानीले नुहाउनु : हामी मध्ये कतिपयले जाडो मौसममा तातो पानीले नुहाउने गर्छौं । यसले छालाको सौन्दर्यमा असर पुर्‍याउने चिकित्सकको सुझाव छ । तातो पानीले नुहाउँदा छालाको प्राकृतिक तेल पनि नोक्सान हुन्छ । दिनहुँ नुहाउने गर्नुभएको छ भने साबुन या स्याम्पुको प्रयोग गर्नुपर्छ ।

छालामा असर : दिनहुँ नुहाउँदा छाला रुखो हुने र यसको प्राकृतिक नरमपन पनि मासिने चिकित्सकहरुले बताएका छन् । छालामा भएको एक प्रकारको ब्याक्टेरिया नष्ट हुने हुँदा छालाको सुरक्षा कवच पनि बिस्तारै कमजोर बन्दै जान्छ । उक्त ब्याक्टेरियाको रसायनिक उत्पादनले एक प्रकारको टक्सिन निकाल्छ । जसले गर्दा हाम्रो छाला सुरक्षित हुन्छ ।

सक्नुहुन्छ भने दिनदिनै ननुहाउनुस् : हाम्रो छाला सफा राख्नका लागि हामीले दैनिक नुहाउन नै पर्छ भन्ने जरुरी छैन । किनकि, हाम्रो छालामा भएको एक तत्वले छाला सफा गरिरहेको हुन्छ ।

दिनहुँ नुहाउँदा यस्तो तत्व पनि नोक्सान हुन्छ । तर, धेरै काम गर्दा या जिम गर्दा पसिना आएको भए नुहाउनु पर्ने हुन्छ । किनकि, हामीलाई पसिनाले पनि असर गर्छ ।

[sidebar name="button post"]