५ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका जनता समाजबादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा प्रचण्ड–माधव समूह अझै सत्ता बार्गेनिङमै अल्झिएको त हैन भनी आशंका प्रकट गरेका छन् । राजधानीमा आज आयोजित एक कार्यक्रमलाई संवोधन गर्दै डा. भट्टराईले प्रश्न गरे–नत्र प्रचण्ड–माधव समूहले ओलीलाई अझै पार्टीबाट किन निश्कासन गर्न सकेका छैनन् ?
प्रधानमन्त्री केपी ओलीले यत्रो जघन्य अपराध गर्दा समेत पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरुले पार्टीबाट निकाल्न सक्नु भएको छैन, कतै फेरिपनि सत्ता प्राप्तिको बार्गेनिङ पो गर्न थालेको हो की भन्ने संशय जनतामा फैलिएको छ–डा. भट्टराईले भने । ओलीसँग लामो समय सत्ता साझेदारीमै लडाईं गरेको आरोप तपाईंहरुमाथि छ, अहिले पनि व्याबहार उस्तै छ , त्यसैले पहिला ओलीलाई कारबाही गर्नुहोस् अनि मात्रै तपाईंहरुलाई पत्याउन सकिने पनि डा. भट्टराईले प्रष्ट्याए ।
ओलीसँग भागबण्डा नमिलेकाले मात्रै विभाजन आएको भन्ने आम रुपमा चर्चा भइरहेका बेला त्यसलाई गलत साबित गर्न पनि प्रचण्ड–माधव समूहले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्न सक्नुपर्ने उनको तर्क छ ।
त्यस्तै , प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको संस्थापन पक्षको ढुलमुले नीति र व्यवहारले ओलीको मनोबल उँचो भएको ठहर उनको रहेको छ । ओलीले चुनावगर्लान् र सत्तामा जाउँलाभन्ने सोचेको भए कांग्रेसले ठूलो धोकापाउने छ– डा. भट्टराईले भने ।












