Ad #144479

एजेन्सी । मृर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले विहेको प्रस्ताव स्विकार नगरेको भन्दै समाजिक सञ्जामा आएका छन् । घटना लण्डनको हो ।

४९ वर्षीय सिमोन लुइसले आफ्नी ४१ वर्षिया प्रेमिका मेरी इम्मानुएललाई आफ्नो एउटा मिर्गौला दिएर मृत्युको मुखबाट त बचाए तर मिर्गौला प्रत्यारोपणको सफल शल्यक्रियापछि प्रेमिले राखेको विहेको प्रस्ताव ठाडै अस्विकार गर्दा के गर्ने, के नगर्ने भएको भन्दै उनले समाजिक सञ्जालमा आफ्नो भावना पोखिरहेका छन् ।

सिमोनले आफ्नो एउटा मिर्गौला दिएर पनि आफ्नो प्रेम सावित गर्न नसकेकोे भन्दै महिलालाई बुझ्न गाह्रै हुने रहेछ भन्दै आक्रोस व्यक्त गरिरहेका छन् । सिमोन र मेरी बिच दुई दशकभन्दा बढी समयदेखिको माया प्रेम रहदै आएको उनले खुलाएका छन् ।

सन् १९९४–९५ को आसपास पहिलोपटक भेटेका सिमोन र मेरीले पहिलो भेटमै चुम्बन पनि गरेका थिए । त्यसका बाबजुद उनीहरू त्यसयता साथी मात्र रहे । तर, सिमोन भने त्यहीबेलादेखि मेरीलाई मनपराउन थालिसकेका थिए ।