एजेन्सी। बलिउड अभिनेत्री कंगना रनावतले अर्की अभिनेत्री तापसी पन्नुलाई आफ्नो शैलीको नक्कल गरेको आरोप लगाएकी छिन्।
सुशान्तसिंह राजपुतको मृत्युपछि उब्जिएको नातावाद सम्बन्धी विवादमा पनि दुवै एकआपसमा राम्रैसँग भिडेका थिए । कंगनाले बलिउडभित्रको ‘नेपोटिजम’ ले सुशान्तलाई मारेको तर्क गरेकी थिइन् भने तापसीले प्रतिभा भए बाहिरको मानिसले पनि बलिउडमा प्रगति गरेको भन्दै आफूलाई प्रस्तुत गरेकी थिइन् ।
आफ्नो फ्यानको एक ट्विटर पोस्ट शेयर गर्दै उनले तापसीले पछिल्लो म्यागेजिन फोटोसुटकका क्रममा आफ्नो शैलीको नक्कल गरेको आरोप लगाएकी हुन्।
उनले बलिउडमा अभिनेता अमिताभ बच्चनपछि सबैभन्दा बढी आफ्नो शैलीको नक्कल गरिने पनि दाबी गरेकी छन्। कंगनाको एक फ्यानले तापसी र कंगनाको उस्तै–उस्तै पोज भएको फोटो राखेर तापसी सधैं कंगनाको नक्कल गर्ने गरेको लेखेका थिए।












