Ad #144479

१ माघ, काठमाडौं । कोरोना भाइरसका कारण बन्द नेपालका चलचित्र भवनहरुमा नयाँ नेपाली चलचित्र रिलिज भएको छ । १० महिनापछि दिपेश सापकोटाको निर्देशनमा तयार भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आजबाट रिलिज भएको हो ।

शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको यो चलचित्रले चलचित्र सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट पाएको थियो । १० महिनापछि नेपाली चलचित्र क्षेत्र विस्तारै चलायमान हुन थालेको संकेत देखिएको छ ।

शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रलाई दिनेश दर्शनधारी र यशोधा राइले निर्माण गरेका हुन् ।

पौष १० गतेबाट एकतर्फी रुपमा हल खोलेर चलचित्र संघले पुराना २ नेपाली चलचित्र रिलिज गरेको थियो । तर, सरकारले नै हल खोल्ने अनुमती दिएपछि रिलिज भएको नयाँ चलचित्र भने ‘एउटा यस्तो प्रेम कहानी’ बनेको छ ।