Ad #144479

समिता श्रेष्ठ

२८ पुस, काठमाण्डौ। काठमाण्डौको गोकर्णेश्वर नगरपालिका – ८ मा रहेको मासिक सय अभियान नेपाल परिवारले इश्वोरी आधारभुत विद्यालय गोकर्णेश्वर -१, मुलखर्कमा रहेको विद्यालयका छात्रा /छात्रहरुको लागि सुइटर सहयोग गरेको छ।

सामाजिक कार्यमा अग्रसर सय अभियानलाई विद्यालयबाट छात्र /छात्राहरुको लागि यो चिसो मौसममा सुइटरको आवश्यकता बारे जानकारी प्रदान गरिएको थियो । सो जानकारी लाई मध्यनजर गर्दै सय अभियानबाट आज १३७ वटा सुइटर सहयोग गरियो । सहयोग बितरण कार्यक्रममा सभापतीको रुपमा प्राचार्य मधु सिम्खडा हुनुहुन्थ्यो । साथै प्रमुख अतिथिमा सय अभियान अध्यक्ष सन्जय पोखरेल हुनुहुन्थ्यो ।

कार्यक्रममा यस अभियानका सचिब सिमा नेपालले नानी बाबू को उज्जल भबिस्यको कामना गर्नुभयो । त्यस्तै सह सचिब बिकाश श्रेष्ठले नानी बाबुले राम्ररी पढे फेरि सहयोग गर्न आउने आह्वान गर्दै छात्रा / छात्रलाई प्रेरणा दिनु भयो ।

यस अभियानबाट उक्त स्कुलका प्राचर्य खुशी हुनुभएर सय अभियानको सदस्य बन्नु भै एक बर्षको एकमुष्ट बाह्र सय सहयोग अभियानलाई गर्नु भयो । त्यस्तै कार्यक्रममा नानी बाबुहरुलाई ठूलो मान्छे बन्नु भन्दा पहिला असल मान्छे बन्ने प्रयत्न गर्नु । डाक्टर , इन्जिनियर बन्नु अघि समाजको लागि केही गरौँ र पहिला असल मान्छे बनाउन भन्ने सन्देश दिंदै अभियानका अध्यक्ष सन्जय पोखरेलले कार्यक्रमको समापन गर्नुभयो ।