समिता श्रेष्ठ
२८ पुस, काठमाडाैँ। काठमाडाैँकाे उत्तरपूर्वमा रहेकाे श्री कान्ति भैरवनाथ मन्दिरमा भोलि पुष २९ गते बुधबार पौष कृष्ण औँशीका दिन हुने औँशी श्राद्धका लागि भव्य तयारी भैरहेकाे छ । त्यसै गरि आजको दिनमा पनि श्राद्ध गर्नेको भिड लागेको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेकाे उत्तरबाहिनीस्थित कान्ति भैरब मन्दिर परिसरको बागमती नदीमा श्राद्द गर्ने मनिसहरुको भिड लाग्ने गरेकाे छ । चार गया मध्ये भारतमा तीन गया छन् भने सबै गयामा गएर श्राद्ध गरे पनि उत्तरगयामा श्राद्ध नगरे अपूराे हुने जनविश्वाससँगै गाेकर्ण उत्तरगयामा हरेक वर्ष श्रद्धालु भक्तजनहरूले आफ्नाे पितृहरूलाइ सम्झने क्रम बढ्दै गएकाे छ ।

पितृ माेक्षलाई सन्तानकाे ठूलाे उत्तरदायित्व मान्ने नेपाली हिन्दू समाजले उत्तरगया क्षेत्रको नामले चिनिने उत्तर बाहिनी क्षेत्रमा पौषकृष्ण औंशीका दिन पितृहरुलाई पिण्ड दिएर श्राद्ध गर्छन् । यसैगरी भारतकाे काँशी वनारस, गया र प्रयागमा पनि गएर श्राद्ध गर्ने गर्छन् । त्यसैगरी नुवाकाेट र रसुवाकाे सिमानामा रहेकाे वेत्रावतीमा पनि उत्तरगयाकै नाम दिएर श्राद्ध गर्ने गरिएकाे छ । यसै औँषीमा वेत्रावती उत्तरगयामा पनि विशेष श्राद्ध हुँदै आएकाे छ ।

पौष कृष्ण औंशीका दिन उल्लेखित गयाहरूमा पुगेकाे खण्डमा पुण्य प्राप्ति हुने विश्वास पनि व्याप्त रुपमा रहेको छ । साे दिन गरिने पितृ कार्यमा श्राद्ध, पिण्डदान, सिदा दान आदि गरिने गरिएकाे छ । त्यसैलाई मध्य नजर गर्दै उत्तरगयामा रहेकाे श्री कान्तिभैरब क्षेत्र व्यवस्थापन समितिले मन्दिर परिसरमा रहेको अस्थायी पसलहरु र सम्पुर्ण व्यवस्था हेरिरहेको छ । त्यस्तै व्यवस्थापन समितिले यातायात व्यवस्थापनको जिम्मा यो बर्षको श्री कान्ति भैरव रामायण भजन मण्डललाई दिएको छ ।

औँशी श्राद्धकै लागि भनेर थुप्रै अस्थाई सौचालय बनाइएको छ। त्यसै गरि निःशुल्क खाने पानीको व्यवस्था गरेको छ भने साना ठुला पसललाई निश्चित शुल्क लिएर राख्न दिने व्यवस्था अनुरुप पसलहरु संचालन भएका छन् ।
स्थानीय स्वयम् सेवकहरु पनि खटाईएको छ । त्यसैगरी श्राद्द गर्ने स्थानमा सरसफाई र मिलाउने काम,गरिएको छ । त्यस्तै पार्किंग शुल्क बापत मोटरसाइकललाई रु २० साना गाड़ीलाई रु ५० र ठुला गाड़ीलाई रु १०० सम्म रकम उठाउने कार्य श्री कान्ति भैरव रामायण भजन मण्डलले गरि रहेको छ ।












